सामग्रीमा जानुहोस्

बिलबोर्ड हट १००

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
CommonsDelinker (कुरा गर्नुहोस्मेरो योगदानहरू) (Replacing BillboardLogo2013.svg with File:Billboard_Logo_2013.svg (by CommonsDelinker because: File renamed: Criterion 4 (harmonizing names of file set) · harmonize).) द्वारा ००:४१, १ जुलाई २०२३को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)
बिलबोर्डको लोगो

बिलबोर्ड हट १०० संयुक्त राज्य अमेरिकामा सङ्गीत उद्योग रेकर्ड चार्ट हो जुन गीतहरूको लागि बिलबोर्ड पत्रिकाद्वारा साप्ताहिक प्रकाशित गरिन्छ । यो चार्ट अमेरिकामा, रेटिङ, बिक्री (भौतिक र डिजिटल), रेडियो प्ले, र अनलाइन स्ट्रिमिङमा आधारित छ ।

जब नीलसन नामक अमेरिकि मिडिया कम्पनीले सन् १९९९ मा बिक्री भएका सामग्रीहरूलाई पछ्याउन थाल्यो, बिक्रीको लागि साप्ताहिक पछ्याउने अवधिमा सोमबार देखि आइतबारसम्म भएको थियो, तर जुलाई २०१६ मा यो शुक्रबार देखि बिहीबारमा परिवर्तन गरिएको थियो।

यो पछ्याउने अवधि अनलाइन स्ट्रिमिङ डाटा सङ्कलन गर्न पनि लागू हुन्छ। रेडियो एयरप्लेप, जो बिक्रीको आंकडा र स्ट्रिमिङको विपरीत, एक वास्तविक समयको आधारमा सजिलै उपलब्ध छ। रेडियो एयरप्लेलाई सोमबारदेखि आइतबार (पहिला बुधबारदेखि मंगलबार) मा पछ्याउने गरिएको छ।[१] एक नयाँ चार्ट सङ्कलित गरिन्छ र औपचारिक रूपमा मङ्गलबार बिलबोर्ड द्वारा सार्वजनिक गरिन्छ।

यसलाई पहिलो पटक सार्वजनिक गरिएको बेलामा, पहिलो हट १०० गित भने "पोर लिटिल फुल" रहेको थियो जो अगस्ट ४,१९५८ मा परेको थियो र यसका गायक भने रिकि नेल्सन रहेका थिए। डिसेम्बर २९, २०१८ को अन्त्यसम्ममा, हट १०० मा अहिले सम्म १,०८० ओटा विभिन्न गायक/गायिका वा ब्याण्डहरूका गित एक नम्बरमा पुगेका थिए। चार्टमा हालको सङ्ख्या एकमा पर्न सफल गीत, अरिएना ग्रान्डेको "७ रिङस्" बोलको गित रहेको छ।

टिप्पणीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. बिलबोर्डका कर्मचारीहरू (जुन २४, २०१५), "बिलबोर्डले ग्लोबल रिलीज मितिको लागि चार्ट पछ्याउने हप्ता परिवर्तन गर्दैछ", बिलबोर्ड, अन्तिम पहुँच जुन २४, २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]