Jump to content

विकिमिडिया फाउन्डेसन दाता गोपनीयता नीति: सेवा प्रदायकहरूको जानकारी चयन गर्नुहोस्

From Wikimedia Foundation Governance Wiki
This page is a translated version of the page Policy:Donor privacy policy/Supplement and the translation is 100% complete.

हाम्रो दाताको गोपनीयता नीतिले विकिमिडिया कोष सङ्कलन सेवाहरू सञ्चालन गर्न हामीले सङ्कलन गरेको र प्रयोग गर्ने व्यक्तिगत तथ्याङ्कको वर्णन गर्दछ। यी सेवाहरू प्रदान गर्ने क्रममा, हामी कहिलेकाहीँ तेस्रो-पक्ष सेवा प्रदायकहरूसँग व्यक्तिगत तथ्याङ्क साझेदारी गर्दछौँ जसले हामीलाई विकिमिडिया कोष सङ्कलन सेवाहरूको सञ्चालन र सहजीकरणमा सहयोग गर्दछ, वा जसले हाम्रो दान पृष्ठहरू चलाउन वा उनीहरूसँग तपाईंको अनुभव सुधार गर्न मद्दत गर्दछ। हाम्रा केही सेवा प्रदायकहरूले हामीलाई उनीहरूको गोपनीयता नीतिहरूको कडीहरू साझा गर्न सोध्छन्। यी सेवा प्रदायकहरूको सूची र उनीहरूको नीतिहरूको कडीहरू तल फेला पार्न सकिन्छ।

कृपया ध्यान दिनुहोस्, दाताको व्यक्तिगत तथ्याङ्क साझेदारी गर्ने यो सेवा प्रदायकहरूको विस्तृत सूची होइन; अन्य सेवाहरूले पनि हाम्रो दाताको गोपनीयता नीति अनुसार तपाईको तथ्याङ्क नियन्त्रण गर्न सक्दछन्।

  • हामी इमेल गरिएका प्रश्नहरू र अनुरोधहरूको व्यवस्थापन र जवाफ दिन जेनडेस्क प्रयोग गर्दछौँ। जेनडेस्कको गोपनीयता जानकारी उनीहरूको वेबसाइटमा फेला पार्न सकिन्छ। जेनडेस्कसँग अतिरिक्त विशिष्ट शब्दहरू छन् जुन केही देशहरूमा लागू हुन्छन्। तिनीहरूका लागि, कृपया उनीहरूको नीतिको यो खण्ड हेर्नुहोस्।